arrow

पूर्वरानी कोमललाई हाईफ्लो अक्सिजनको सपोर्ट, पूर्वराजालाई पनि अक्सिजन चढाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
gyandra-komal.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण भइ नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालका कम्युनिकेशन तथा पिआर प्रमुख सोमनाथ वाँस्तोलाका अनुसार कोमल शाहमा अस्पताल भर्ना भएदेखि नै अक्सिजनको मात्रा कम देखिएको थियो, विहीबारबाट हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको हो तर स्वास्थ्य समस्या जटिल भने होइन ।’  उनलाई आइसियूमै राखेर उचारर भइरहेको वाँस्तोलाले जानकारी दिए ।

सोही अस्पतालमा उपचार गराइरहेको पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनमै राखेर उपचार भइरहेको छ । वाँस्तोलाले हाम्राकुरासँग भने,‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनकै सहायतामा उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सामान्य नै छ ।’ पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा एक साताअघि कोरोना संक्रमण देखिएको थियो । निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेकै बेला दुवै जनालाई स्वास्थ्यमा समस्या देखिएको र अस्पताल भर्ना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ