arrow

मेकोङ नदीमा चीनले बाँध खोल्दा अन्य मुलुकमा प्रत्यक्ष असर

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
mekong-river-map.jpg
तस्बिर : फाइल

लाओस्। चीनले सुक्खा मौसममा मेकोङ नदीस्थित बाँधहरू खोल्दा अन्य क्षेत्रमा समस्या पैदा भएको छ। सुक्खा मौसममा चीनले मेकोङ नदीमा बाँधहरू खोल्दा लाओसस्थित वन्यजन्तु, माछा तथा किसानहरूलाई असर पारेको छ। मेकोङ नदीले चीन, म्यानमार, भियतनाम, लाओस्, कम्बोडिया र थाईल्याण्डलाई छोएको छ। मेकोङ नदीमा चीनले ठुला बाँध तथा जलविद्युत परियोजना सञ्चालन गर्दै नदीको अधिकांश उपभोग गर्दै आएको छ। यसले नदीको क्षेत्रीय मुलुकहरूमा प्रत्यक्ष असर पार्दै आएको छ।

पछिल्लो समय चीनले सुक्खा मौसममा बाँध भत्काउँदा लाओसस्थित किसान, माछा मार्ने मानिस तथा वन्यजन्तुलाई प्रत्यक्ष असर परेको हो। हाल लाओस् क्षेत्रमा मेकोङ नदीको पानीको सतह ४ दशमलव ७ इन्च रहेको लाओसको उत्तर पश्चिमी क्षेत्र बोकेओ प्रान्तस्थित प्राकृतिक स्रोतसाधन तथा वातावरण विभागले जनाएको छ । केही दिन अघि पानीको सतह ९९ दशमलव २ इन्च रहेको थियो।

चीनले नदीमा बाँध भत्काएर पानीको मात्रा अत्यधिक बढेको हुन सक्ने विभागले जनाएको छ। क्षेत्रीय मुलुकहरूमा नदीको पानीको सतह अस्थिर भइरहँदा जल बिरुवा, जलचर प्राणी तथा लाखौँ मानिसको जनजीविका प्रभावित बनाएको छ। आकस्मिक पानीको मात्रा वृद्धि हुँदा माछाहरू बगाएर लैजाने र यसले माछा व्यवसायमा पनि ठुलो असर पारेको स्थानीयले बताए।

सामान्यतया चीनले नदीमा बाँध निर्माण तथा भत्काउने गतिविधिले पानीको सतह अस्थिर हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ