arrow

मेकोङ नदीमा चीनको ठुला परियोजनाले तटीय मुलुकहरूमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
mekong-river-china.jpg
तस्बिर : फाइल

बर्लीन। चीनले मेकोङ नदी क्षेत्रमा ठुला बाँध तथा जलविद्युत सञ्चालनका कारण अन्य तटीय मुलुकहरूमा समस्या उत्पन्न भएको छ। पूर्वी तथा दक्षिण पूर्वी एसिया क्षेत्रमा पर्ने अन्तर सीमा मेकोङ नदीमा चीनले ठुला जलविद्युत परियोजना तथा बाँध निर्माण गर्दै आएको छ।

चीनको गतिविधिले नदी क्षेत्रमा पर्ने देशहरू भियतनाम, म्यानमार, लाओस्, कम्बोडिया, थाइल्यान्ड जस्ता मुलुकहरूमा प्रत्यक्ष प्रभाव परेको छ। नदीमा पानीको मात्रा कम हुँदै गएको कारण यी क्षेत्रीय मुलुकहरूले चीनले जस्तै नदी उपभोग र परिचालन गर्न पाएका छैनन्।

बढ्दै गएको ऊर्जा आवश्यकता परिपूर्ति गर्न चीनले मेकोङ नदीमा ठुला जलविद्युत परियोजना सञ्चालन गर्दै आएको छ। तर, यसले अन्य क्षेत्रीय मुलुकमा माछा व्यवसाय र कृषिमा ठुलो असर पारेको छ।

सन् २०१९ मा नदी क्षेत्रमा चीनले निर्माण गरेको बाँधका कारण कम्बोडिया र थाइल्यान्डको क्षेत्रमा पानीको सतह चार मिटर कम रहेको थियो। यी क्षेत्रीय मुलुकका करिब छ करोड पचास लाख मानिसहरूको जनजीवन प्रत्यक्ष जोडिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ