arrow

मोबाइल अफ गरेर गायब भएका मनाङेले पाए मन्त्रालयको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
manage-deepak.jpg
फाइल तस्विर ।

पोखरा । अविश्वास प्रस्तावको मतदानमा सहभागी नभई मोबाइल अफ नै गरेर गायब भएका स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे बिहीबार मन्त्री बनेका छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसद्मा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । यसलाई प्रदेको राजनीतिमा महत् वका साथ हेरिएको छ ।

सांसद एवं मन्त्री गुरुङ खेलकुद क्षेत्रका बारेमा जानकार रहेकाले उनको आगमनसँगै खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण आयाम थपिने विश्वास व्यक्त गरिएको छ ।

स्मरण रहोस् उनकै चासोसँगै एन्फा कास्कीको अनियमितता काण्ड एकपछि अर्को गर्दै बाहिर आएका थिए ।

मन्त्री बनेका मनाङे मनाङ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालको मङ्सिर १० गते सम्पन्न प्रदेशसभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए ।

तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

निर्वाचित भए पनि अरू प्रदेशसभा सांसदसँगै उनले शपथ लिन पाएनन् । उल्टै उनलाई प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्रेको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अनुसार २०७५ पुस ६ गते उनी छुटेका थिए ।

शपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात् निर्वाचन सम्पन्न भएको १४ महिना पछि मात्र उनको शपथ भएको हो । २०७५ माघ १४ गते मात्रै उनलाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको शपथ दिलाएका थिए ।

शपथ अघि मन्त्री दीपक मनाङे
गण्डकी प्रदेशको खेलकुद मन्त्रीको शपथ ग्रहण गर्न लागेका मनाङले आफूसँग खेलकुदको क्षेत्रमा काम गर्न सक्ने क्षमता भएको बताएका छन् । “मसँग केही भिजन भन्,” उनले शपथ ग्रहण अघि पत्रकारसँग कुरा गर्दै भने, “मलाई यसको ज्ञान छ । अब युवा विदेश जानुपर्दैन ।”

उनले मुख्यमन्त्रीले आफूलाई मन्त्रीका लागि दौरा सुरवाल सिलाउन जानू भनेपछि मन्त्री बन्न लागेको जानकारी पाएको बताए । “मुख्यमन्त्रीज्यूले दौरा सुरवाल सिलाउन जा भने,” उनले भने, “त्यसपछि मैले मन्त्री बन्न लागेको थाहा पाएँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ