arrow

निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न गृहको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौँ ।  गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।  मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा  रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीबार  सूचना जारी गरी कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।

गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रूपमा पालना गरी संक्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे ।

 कोभिड-१९ संक्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा बिहीबार देखी एक साताका लागि निषेधको आदेश जारी भएको छ ।  काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ ।

मुलुकमा  बिहीबार झन्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये करिब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ