arrow

भारतमा एकैदिन दुई लाख ९१ हजार बढी कोरोना संक्रमितलाई निको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
corona-india-election.jpg
तस्वीर– भारतको कर्नाटकस्थित जिल्ला सरकारी अस्पताल मंगलुरुमा लामो लाइनमा बसेकाहरु ।

काठमाडौं । भारतमा बिहीबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २ लाख ९१ हजार ४८४ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । संक्रमित उनीहरुले कोरोना जितेका छन् । 

योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ५३ लाख ७३ हजार ७६५ पुगेको छ । भारतमा बिहीबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ८६ हजार ६५४ जना संक्रमित थपिए । योसँगै भारतमा कुल संक्रमित १ करोड ८७ लाख ५४ हजार ९८४ पुगेका छन् । 

हाल ३१ लाख ६४ हजार ८२५ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार मात्रै ३ हजार ५०१ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८ हजार ३१३ रहेको छ । 

भारतमा अहिलेसम्म १५ करोड २० हजार ६४८ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । 



लोकप्रिय समाचार
नयाँ