arrow

पर्व मनाउँदा मच्चियो भागदौड, दर्जनौंको गयो ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
israel-killed-festival.jpg

काठमाडौं । इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको छ । उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा हजारौं मानिस यहुदी पर्व मनाउन भेला भएका बेलामा भएको भागदौडमा ठूलो संख्यामा ज्यान गएको हारेट्ज पत्रिकालाई उधृत गर्दै बीबीसीले लेखेको छ । 

ठूलो भीड भएकाले उद्दारमा समेत कठिनाइ भएको बताइएको छ । आपतकालीन सेवा प्रदायकहरुले घटनास्थलमा घाइतेहरुको उपचार गरिरहेका छन् । 

आपतकालीन प्रदायक अधिकारीका अनुसार दर्जनौं घाइते भएका छन् । ३८ जनाको अवस्था चिन्ताजन छ । घटनास्थलमै भएका ६ को अवस्था पनि चिन्ताजनक छ । १८ जनाको अवस्था गम्भीर छ ।  

२ जना मध्यम घाइते भएका छन् भने ३९ जना सामान्य घाइते भएका छन् । 

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘भयानक प्रकोप’ भनी विश्लेषण गरेका छन् । उनले प्रार्थनासमेत गरिरहेको बताएका छन् । 

कोरोना भाइरसको महामारीपछि गरिएको यो सबैभन्दा ठूलो पर्व थियो । हरेक वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाका कारण रोकिएको थियो ।
 



नयाँ