arrow

चर्चित भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड-१९बाट निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Rohit-sardana-aajtak.jpg
रोहित सरदाना ।

काठमाडौं । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड१९ को सङ्क्रमणबाट निधन भएको छ । हाल आजतकमा आबद्ध रहिआएका पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । 

भारतीय टिभी पत्रकारले सरदानालाई हृदयघात भएको ट्विट मार्फत बताएका छन्। 

उनले आफ्नो परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका थिए । तर, सीटी स्क्यानबाट उनको फोक्सोमा भने कोभिड१९ले क्षति गरेको पाइएको थियो ।

सरदानाले उक्त जानकारी आफ्नै ट्विटमार्फत दिएका थिए।  



लोकप्रिय समाचार
नयाँ