arrow

मन्त्री थापालाई संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
mani-thapa.jpg

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोभिड-१९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा शुक्रवार बिहान संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो ।  उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो ।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई संक्रमण देखिएन । संक्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुलचोक आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ