arrow

देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
sherbahadur-deuba.jpg

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ ।

मुलुकभर दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ