arrow

रुपन्देहीमा निषेधाज्ञा : नियमको पूर्ण पालना भएन

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
rupandehi-corona.jpg

रुपन्देही । दोस्रो चरणको कोरोना भाइरस (भेरियन्ट) नेपालमा पनि तीव्र रूपमा फैलिन थालेसँगै वैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञा जारी गरियो । जसले नयाँ प्रकारको भेरियन्ट वाट बच्नका लागि अत्यावश्यक बाहेक अन्य काम वाहिर ननिस्कन सरकारले निश्चित मापदण्ड जारी गर्‍यो ।

तर रुपन्देहीमा जारी गरिएको निषेधाज्ञा भने, झारा टार्ने काम भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १५ गते जारी गरेको सूचनालाई हेर्ने हो भने नागरिकहरूको हिड्डुल, अत्यावश्यक बाहेक अन्य सवारी साधन, उद्योग, पसल, होटेल र पार्टी प्यालेस लगायतका सबै बन्द गर्नुपर्ने उल्लेख गरे पनि रुपन्देहीमा सो जारी नियमको पूर्ण रुपमा पालना नभएको पाइएको हो ।

जारी सूचनामा टिपर र ट्रकहरूलाई साँझ ८ बजे देखि बिहान ४ बजेसम्म चलाउन पाउने नियम तोकिए पनि निर्बाध रूपमा दिउँसोमा नै खुलेआम ट्रक र टिपर सञ्चालन हुँदै आएका छन् । त्यति मात्रै होइन मोटरसाइकल, कार, अटो रिक्सा लगायत सवारीहरू ओहोर दोहोर गर्दै आएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-भैरहवा सडक खण्डमा भने इलाका प्रहरी कार्यालयको प्रहरी विटले नियम विपरीत सवारी चलाएको भन्दै १५ वटा भन्दा धेरै ट्रकहरूलाई बाटोमा नै होल्ड गरेर राखेको छ । विटका प्रहरी प्रमुखको नेतृत्वमा खटिएको प्रहरीको टोलीले (होल्ड) गरिएको सवारीलाई साँझ ८ बजे पछि मात्रै छाड्ने बताएको छ ।

डिउटी खटिएका प्रहरी जवान गणेश कार्कीले भने, 'गृह-मन्त्रालयको निर्देशन अनुसार कडा बनाउने भन्ने छ । सो नियम पालना गराउँदा, नागरिकले मान्दैनन्, । उता एयरपोर्ट सञ्चालन हुँदा एयरपोर्ट जाँदै छौँ भन्ने ट्याक्सीहरू पनि सञ्चालनमा आएको बताउँदै कसलाई छोड्ने, कसलाई नछोड्ने भन्नेमा आफूहरूलाई गाह्रो भएको गुनासो गरे ।'

यस्तै, सहायक प्रहरी निरीक्षक (असई) ले महामारी वाट बच्नका लागि आफै सचेत भएर बस्नु पर्ने वेला नागरिकहरू हिँड्न नछाडेको बताए । उनले भने,'हामीले सावधानी अपनाउन र घरमै बस्न भनी माईकिङ्ग पनि गरिसक्यौ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ