arrow

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
election-commission167.jpg

काठमाडौं । आगामी जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।

आयोगका अनुसार मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकी उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।

यसैगरी शुक्रबार नै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ