arrow

लुम्बिनीको कारवाही रोक्न निर्वाचन आयोगलाई महन्थको पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Mahanta_Thakur.jpg.jpeg

काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यमाथि गरिएको निष्कासनको कारवाही रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई गुहारेका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयले चार सांसद पदमुक्त भएको घोषणा गरेको भोलीपल्ट जसपा अध्यक्ष ठाकुर कारवाही रोक्न माग गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गरेका  हुन् ।

‘जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक मिति २०७७।०९।०७ गते पश्चात हालसम्म नबसेको अवस्थामा प्रदेश सभा लुम्बिनी प्रदेशको सचिवालयको सूचना पत्र ४ मा उल्लेखित माननीय सदस्यहरुको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टिमै अवैध एवं गैर कानुनी रहेकोले सो अवैध एवं गैरकानुनी पत्रलाई आधारमानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ,’ ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने सो विषय राजनीतिक भएकाले सभामुखमार्फत निकास खोज्न र कानुनी पाटोलाई ध्यान दिन सुझाएका छन् । तर, ठाकुरले भने ७ पुस, २०७७ देखि पार्टीको बैठक नै नबसेको र कारबाहीका विषयमासमेत निणर्य नगरिएको भन्दै पदमुक्त नभएको उल्लेख गरेका छन् ।

संसदीय दलको निवेदनको आधारमा प्रदेश सभा सचिवालयले जसपाका प्रदेश सभा सदस्यहरु सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको थियो । सो प्रदेशमा जसपाका प्रदेश संसदीय दलका नेता उपेन्द्र यादव पक्षधर छन् ।

पार्टीको बैठक नै नबसेको अवस्थामा लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले पत्रमा जिकिर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ