arrow

सेना फिर्किएसँगै अमेरिका विरुद्ध युद्ध हुनसक्ने अलकायदाको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
laden.jpeg

काठमाडौँ । यो हप्ता अलकायदाका संस्थापक ओसामा बिन लादेन मारिएको १० वर्ष पूरा हुँदै छ । सन् २०११ को मार्च २ मा अमेरिकी सेनाको विशेष दल सील टिम ६ को अपरेसनमा पाकिस्तानी सैन्य कलेज शहर एबटाबादमा लादेन मारिएका थिए ।

तर, अहिले लादेनको आतङ्कवादी नेटवर्क अलकायदाले अमेरिकासँगको युद्ध पूरा नभएको दाबी गरेको छ । आउँदो सेप्टेम्बर ११ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता लैजादैछ ।

यसै मिति अर्थात् सन् २००१ को सेप्टेम्बर ११ मा लादेनको योजना अनुसार अमेरिकामा आक्रमण भएको थियो ।  त्यसपछि अमेरिकी सेनाले अफगानिस्तानमा हमला गर्दै अलकाइदा र तालिबान विरुद्ध युद्ध सुरु गरेको थियो ।

झन्डै २० वर्ष यो युद्ध समाप्त गर्ने तयारीमा अमेरिका पुगेका बेला अलकायदाले भने अमेरिकाविरुद्धको युद्ध समाप्त नभएको दाबी गरेको हो । मध्यस्थहरूको माध्यमबाट सीएनएनले गरेको एक विशेष अन्तर्वार्तामा अलकायदाका दुई कार्यकर्ताले यस्तो दाबी गरेका हुन् ।

अन्तर्वार्तामा उनीहरूले भनेका छन्, 'संसारका हरेक इस्लामिक भागबाट नबाहिरिएसम्म अमेरिकाविरुद्ध अन्य सबै मोर्चामा युद्ध जारी रहनेछ ।'

अफगानिस्तानबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको निर्णयबाट अलकायदा समूहले खुसी महसुस गरिएको हुनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ