arrow

आइसियु बेड र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाइयोस् : देउवा

भारत र चीनलाई खोप सहयोग गरेकोमा धन्यवाद

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
deuba-press-release-.jpg
तस्विर : युवराज कार्की / हाम्राकुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कोरोना सङ्क्रमण व्यापक रूपमा बढेको भन्दै आवश्यक आइसियु बेड र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । 

आफ्नै निवास बुढानिलकण्ठमा  पत्रकार सम्मेलन गर्दै देउवाले देशमा कोरोना सङ्क्रमण व्यापक बढेको भन्दै आइसियु बेडसहित भेन्टिलेटरको अभाव भइरहेको तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । 

‘अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्, अस्पतालमा आइसियु बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस्, कनट्र्याक्ट ट्रेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमा भनेका छन् । 

यस्तै सीमा नाकाबाट आएकाहरूमा परीक्षण बढाउन र उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्य कर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि देउवाले आग्रह गरेका छन् । 

काठमाडौं उपत्यका लगायतका ठाउँमा लकडाउनको निर्णयपछि उपत्यका छाड्ने समय दिएपछि सङ्क्रमित गाउँ गाउँ पुगेको भन्दै देउवाले सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन् । 

देउवाले खोपको आपूर्तिका लागि व्यवस्था गर्ने तर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन् । यस्तै लकडाउनका कारण आर्थिक सामाजिक रूपमा मारमा परेकाहरूका लागि आवश्यक कार्य योजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोना विरुद्धको सचेतना अभियानमा परिचालन गर्न निर्देशन. दिएका छन् भने आर्थिक सामाजिक समस्यामा परेकाहरूलाई सहयोग गर्न अभियान चलाउनसमेत पार्टी पङ्क्तिलाई निर्देशन गरेका छन् ।  

उनले अमेरिकालाई खोप सहयोग गर्ने निर्णय गरेकामा धन्यवाद दिंदै यसअघि भारत र चीनलाई पनि खोप सहयोग गरेकोमा धन्यवाद दिएका छन् । यस्तै खोपको मात्रा सुरक्षित गरिराखेका देशहरुलाईसमेत बुक गरिएको कोटाबाट केही डोज नेपाललाई उपलब्ध गराउनसमेत पुनः आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ