arrow
ADVERTISEMENT

दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

logo
पिटिआई
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
delhi-police.jpg

नयाँ दिल्ली। भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन्।

राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्विटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ। परिस्थिति बिग्रँदै गइरहेको छ। राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ।

आम आदमी पार्टी (आप) का नेता तथा मुख्यमन्त्री केजरीवालले दुई दिन पहिले दिल्लीमा देखिएको स्वास्थ्य सङ्कटलाई कम गर्न चाहिने अक्सिजनको अभावलाई विदेशबाट अक्सिजन मगाएर ल्याइन लागेको बताएका थिए।

आप पार्टीकै एक विधायक शोएब इकबालले पनि शुक्रवार कोभिड–१९ सङ्क्रमणका कारण दिल्लीका जनतामा बढेको असुरक्षालाई मध्यनजर राख्दै  दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए।

काँग्रेस छोडेर गत वर्ष दिल्ली विधान सभा चुनावमा आपको टिकटमा लडेका मटिया महलका विधायकले न त आफू न सरकार कसैले पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न नसकेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ