arrow

कोरोना विरुद्ध युवा संघले १० हजार स्वयंसेवक परिचालन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
yuba-sangh-nepal-.jpg

काठमाडौं । एमाले निकट युवा संघ नेपालले कोभिड–१९ बिरुद्धको सचेतना तथा लडाइँमा देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

संघको केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले आफू सुरक्षित रहदै बिभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्यले १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको युवा संघ नेपालका प्रवक्ता संजिव राईले जानकारी दिए ।

संघका अध्यक्ष नरेश कुमार शाहीको अध्यक्षतामा बसेको बैठकमा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले युवाहरुलाई निर्देशन दिएका थिए ।

युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने निर्णय समेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ