arrow

प्रधानमन्त्री ज्यू ! अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस: गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
gagan-thapa000.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हात उठाउने अनि प्रधानमन्त्री केपी शर्माको ओलीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा कोरोना संक्रमण डरलाग्दो किसिमले बढिरहेको र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था सिर्जना भएको जनाएपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन । 

शनिबार सामाजिक संजाल ट्वीटरमार्फत थापाले उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर कोरोनाको क्षति न्यूनीकरण गर्न सकिने ठाउँ हुँदाहुँदै प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु दुःखद हो भनेका छन् ।

उनले प्रधानमन्त्रीको ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौं, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्री ज्यू यो लडाइमा‘हामी सक्दैनौं’भनेर मन्त्रालयले हात उठाउने अनि तपाइँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! आपत्तिजनक छ ।

उनले अगाडी भनेका छन्, ‘कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्री ज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।'
 



नयाँ