arrow

‘भारतले आवश्यक हुँदा अरुलाई सहयोग गर्‍यो, हामी प्रतिफल दिन चाहन्छौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
india-1619849287.png

काठमाडौं । ५४ सदस्य राष्ट्र रहेको कमनवेल्थका महासचिव प्याट्रसिया स्कटल्याण्डले बिहीबार भारतलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

अन्य मुलुकहरु कोभिड१९ को संकटमा हुँदा भारतले सहयोग गरेको कुरलाई ध्यानमा राख्दै संगठनले आफुले पनि त्यसको कदर गर्दै भारतलाई सहयोग गर्ने जनाएको हो ।

‘कोभिड–१९ माहामारीको दोस्रो वेबसँग जुधिरहेका बेला भारत र भारतीय जनताप्रति कमनवेल्थ परिवारकातर्फबाट गम्भीर चासो र चिन्ता प्रकट गर्न चाहन्छु’ महासचिव स्कटल्याण्डले एक विज्ञप्ती जारी गर्दै भनेकी छन् ।

‘भारत सरकारले माहामारीको सुरुमा संकटको अवस्थामा अन्य राष्ट्रहरुलाई गरेको सहयोगप्रति हामी कृतज्ञ छौं,’ उनले भनेकी छन् ।

‘अहिलेको अवस्थामा कमनवेल्थ र अन्य सदस्य राष्ट्रहरुले भारतलाई यथाशिघ्र सहयोग गर्नेछौं,’ महासचिव स्कटल्याण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ