arrow

आईआईटी बम्बईले पत्ता लगायो अक्सिजन उत्पादन गर्ने नयाँ तरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
India IT.jpg

काठमाडौं । भारतका कोभिड-१९को माहामारीको संकट चुलिएका बेला इन्डियन इन्स्च्यिूट अफ टेक्नोलोजी बम्बईले अक्सिजन उत्पादनका लागि नयाँ तरिकाको आविष्कार गरेको छ ।

नाइट्रोजन युनिटलाई अक्सिजन युनिटमा रुपान्तर गरेर ३.५ एटीएम चापमा ९३ देखि ९६प्रतिशतसम्म शुद्ध अक्सिजन उत्पादन गर्न सक्ने पद्यतीको विकास आईआईटी बम्बईले गरेको हो ।

प्रारम्भीक परीक्षणमा यो पद्यती सफल देखिएको संस्थानले जनाएको छ । पुरानै प्रणालीमा कार्बन मोलिकुलर सिभ्सको ठाउँमा जिओलाइट प्रयोग गरेर अक्सिजन उत्पादन गर्ने सकिने आईआईटी बम्बईैका डीन प्रोफेस मिलिन्द अत्रेले बताएका छन् ।

आईआईटी बम्बई,टाटा कन्सल्टिंग इञ्जिनियर र स्पानटेक ईन्जिनियरहरूको संयुक्त सहकार्यमा यो पद्यतीको विकास गरिएको हो । यसबाट सहजै कोभिड१९ का संक्रमितहरुलाई अक्सिजनको प्रभावह गर्न सकिने प्रोफेसर डीन अत्रेले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ