- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जेरुसेलम। इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ। ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ।
यसरी प्रतिबन्ध गरिएका देशहरूमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन्। सो प्रतिबन्ध आगामी सोमबारबाट सुरु हुने र १३ दिनसम्म रहने बताइएको छ।