arrow

भारतका पाँच राज्यमा सरकारको फैसला, सबैको नजर ममतातिर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
india-election-vote-countin.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आइतबार आउँदैछ । कोरोनाको रेकर्डका बेलामा ६२ दिन चलेको चुनाव प्रक्रियापछि आइतबार पाँच राज्यको चुनाव नतिजा आउन लागेको हो । 

पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरीको नतिजा आउन लागेको हो । मतगणना शुरु भइसकेको छ । ५ राज्यमा सबैभन्दा बढी नजर पश्चिम बंगालमै रहेको छ । यसपटक ममता बनर्जीको तृणमूल कांग्रेस लेफ्ट र कांग्रेस आईसँग मिलेर चुनाव लडेकामा सीधै भारतीय जनता पार्टी भाजपासँग टक्कर परेको छ । 

एक्जिट पोलका अनुसार यही अनुमान लगाइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । भाजपाले यसपालि ममतालाई बराबरीमा रोक्न सक्ने अनुमान गरिएको छ । 

बंगालमा २९४ सिट रहेकामा बहुमत ल्याउन १४८ सिट चाहिन्छ । पछिल्लो समय तृणमूल कांग्रेसले जितेको थियो । राज्यमा २९४ मध्ये २९२ सिटमा मतदान भएको थियो । 

भाजपाले पहिलो पटक २९१ सिटमा उम्मेदवार खडा गरेको थियो । जबकि एक सिट उसले अल झारखण्ड स्टुडेन्ट्स युनियन पार्टीलाई दिएको थियो । 

पछिल्लो पटक भाजपाले गोरखा जनमुक्ति मोर्चासँग मिलेर चुनाव लडेको थियो । 

आइतबारै १२६ सिट रहेको असममा पनि निर्णय आउँदैछ । असममा यसअघि भाजपाले नै बहुमत ल्याएको थियो । 

त्यस्तै तमिलनाडुमा २३४ सिट रहेकामा यसअघि अन्नाद्रमुकले बहुमत ल्याएको थियो । यहाँ पहिलो पटक जयललिता र करुणानिधि बिना नै विधानसभा चुनाव भएको छ । 

१४० सिट रहेको केरलमा यसअघि एलडीएफले चुनाव जितेको थियो । यसपालि बंगालमा कांग्रेस र लेफ्ट मिलेर चुनाव लडेकामा केरलमा भने एक आपसमा प्रतिद्धन्द्धी भएर उत्रिएका छन् । 

त्यस्तै पुडुचेरीमा ३० सिटका लागि चुनाव भएको छ । कांग्रेस र द्रमुकले जितेको पुडुचेरीमा यसपालि कसले जित्छ थाहा छैन । पुडुचेरी विधानसभा वाला केन्द्र शासित प्रदेश हो । 

गत फेब्रुअरीमा कांग्रेसको अगुवाईमा बनेको ढलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ