arrow

अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै दिए लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
shankar-pokharel.jpg

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । 

नयाँ सरकार गठनका लागि बाटो खुला गर्न उनले राजीनामा दिएको बुझिएको छ । आइतबार मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता हुने कार्यक्रम तय भएको थियो । 

उनीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । 

पोखरेलले जसपाका तीन जनालाई यसअघि नै मन्त्री बनाए पनि तिनीहरु पार्टीको कारबाहीमा परेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्यारा पोखरेलले राजीनामा दिएपछि देशभर तरङ्ग छाएको छ । 

मुख्यमन्त्री पोखरेलविरुद्ध गत बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव दर्तापछि सांसदहरुले प्रदेश प्रमुख यादवसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम आइतबार दिउँसो (बैशाख १९ गते) १ बजेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए । 

उक्त आह्वान अनुसार बैठक बस्दैछ । तर त्यसअघि नै मुख्यमन्त्री पोखरेलको राजीनामा आउनुलाई अप्रत्याशित भनिएको छ । 

मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्ने थियो । ४१ जना सांसद नै सत्तारुढ एमालेका भए पनि पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण उनले सबै मत नपाउने निश्चित थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ