arrow

नागरिक एपमा थपिए नयाँ सेवा, अपडेट गरेपछि प्रयोग गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
app.png

काठमाडौं । सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी)दिवसका अवसरमा आइतबार नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ ।

एपबाट अब, एकै मिनेटमा क्युआर कोड सक्यान गरेर बैंकमा खाता खोल्न सकिने भएको छ । भर्चुअल रुपमा मनार्इएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड स्क्यान गरेरै नेपाल बैंकमा खाता खोलेका छन् ।

हाल नेपाल बैंक र सिदार्थ बैंकमा एपबाट खाता खोल्न सकिने छ भने बाँकी बैंकहरु पनि बिस्तारै थपिने बताइएको छ ।

त्यस्तै एपबाट राजस्व बुझाउन सकिन व्यवस्था समेत उपलब्ध भएको छ । सबै स्थानीय तहहरुले सकेजतिका सबै सेवाहरु एपबाटै प्रवाह गर्ने भएका छन् । यसबाहेक अब, चाँडै नै लोक सेवा आयोगको फारम समेत एपबाट भर्न सकिने छ ।

आज नागरिक एपको नयाँ भर्सन सार्वजनिक भएपछि थपिएका सेवा लिन यसअघि नै एप डाउनलोड गरेका हरुले एप अपडेट गर्नुपर्नेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ