arrow

अत्यधिक दबाबपछि कोभिसिल्ड खोप उत्पादक कम्पनीका सिइओ पुनावालाले भारत छोडे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
Adar-poonawala-serum.jpg
सेरम इन्स्ट्यिुटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला ।

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो खोप उत्पादक कम्पनी सेरम इन्स्ट्यिुटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला बेलायत गएका छन् । भारतमा बेलायत प्रवेश निषेध जारी हुनु भन्दा केही घण्टा अघि हिजो नै उनी लण्डन गएका हुन् ।

आफ्नो परिवारसँग बेलायतमा रहेका पुनावालाले दि टाइम्ससँगको अन्तरवार्ता आफूमाथि अत्यधिक दबाब आएको बताएका छन् । भारतमा अहिले खोपको अभाव भएको छ । तर, त्यसको पछाडि कच्चा पदार्थको अभाव प्रमुख कारणका रूपमा रहेको छ ।

तर, पुनावालाले आफूमाथि शक्तिशाली मानिसहरूको दबाब आएको बताएका छन् । उनले भारतको अवस्था निकै नै संकटपूर्ण रहेको बताउँदै, आफू एक्लैले मात्र धेरै गर्न नसक्ने बताएका छन् ।

खोप अभाव बढेपछि भारतबाहिर पनि खोप उत्पादनको व्यवस्था मिलाउने तयारीमा आफू लागेको उनले अन्तरवार्ता क्रममा बताएका छन् । बेलायतमा रहेको एक कम्पनीमा खोप उत्पादनका लागि प्रक्रियामा रहेको उनले बताएका हुन् ।

उनले त्यसपछि हिजो राति नै ट्विटरमार्फतमा 'भारतको पुणेमै खोप उत्पादनमा प्रगति भइरहेको' बताएका छन् । र आफू 'चाँडै नै भारत फिर्कने' बताएका छन् ।

केही समयअघि अमेरिकाले खोप उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा प्रतिबन्ध लगाएपछि भारतमा खोप उत्पादनमा कमी आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ