arrow

३२ जिल्लामा पुग्यो निषेधाज्ञाः कतै पूर्ण, कतै आंशिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
lockdown-ktm-1619941249.jpg

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणको गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै लगाइएको निषेधाज्ञाको आदेश ३२ जिल्लामा लागू गरिएको छ ।

कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्ला मध्ये आइतबार दिउँसो १ बजेसम्म ३२ जिल्लामा निषेधाज्ञाको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार विहानसम्म ३२ जिल्लामा पूर्ण तथा आठ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ ।

जसअनुसार बाँके, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कंचनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्युठान, उदयपुर, बझाङ र कपिलवस्तुमा पूर्ण रुपमा जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

कास्कीमा निषेधाज्ञा भएपनि जोरविजोर लागू गरिएको छ । अन्य जिल्लाहरुमा जिल्लाभर पूर्ण रुपमा नीजि तथा सार्वजनिक सवारी साधनहरु संचालनमा रोक लगाइएको छ । सल्यान र बझाङ जिल्लामा २० बैशाखबाट निषेधाज्ञा लागू हुनेछ । यस्तै कपिलवस्तुमा २१ बैशाखबाट निषेधाज्ञा जिल्लाभर लागू हुनेछ ।

यसैगरी बाग्लुङ, बर्दिया, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुरमा संक्रमणको अवस्थालाई हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्दै निषेधाज्ञाको निणर्य गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ