arrow

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
health-ministry.jpeg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो । 

मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार आइतबार मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।  

 मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकताअनुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ