arrow

भारतमा एकैदिन तीन लाख कोरोना संक्रमितलाई निको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
corona-india-remdesivir.jpg
तस्वीर–भारतको दिल्लीमा भारतलाई १ लाख २५ हजार भायल रेमडेसिभिर औषधि दिँदै अमेरिकी दूतावास ।

काठमाडौं । भारतमा आइतबार एकैदिन तीन लाखको संख्यामा कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको हो । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६२ लाख ८१ हजार ७३८ पुगेको छ । भारतमा आइतबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ६९ हजार ९४२ जना संक्रमित थपिए । योसँगै भारतमा कुल संक्रमित १ करोड ९९ लाख १९ हजार ७१५ पुगेका छन् । 

हाल ३४ लाख १० हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार मात्रै ३ हजार ४२१ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९४५ रहेको छ । 

भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ