arrow

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
bishwa-prakash2.JPG
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको महामारी भएको छ । 

उनलाई सोमबार बिहान कोरोना पोजेटिभ देखिएको हो । ज्वरो र जीउ दुखाई बढेपछि आइतबार बेलुकी स्टार अस्पतालमा पुगेर स्वाब दिएको र सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको शर्माले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

उनले डा. अनुप बाँस्तोलाको निर्देशनअनुसारको औषधि सेवन गरी डेरामै आइसोलेसनमा बसेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’



नयाँ