arrow

नेता नेपालले गरे मिडियाहरुको प्रशंसा, विशेष कार्यक्रम ल्याउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
madhav-nepal.JPG

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अलोकतान्त्रिक तथा प्रतिगामी कदमका विरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाको प्रसंसा गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुलाई शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाको संकटका बेला सञ्चारजगत् र पत्रकारहरको रोजगारी सुरक्षाका निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग माग पनि गरेका छन् ।

नेपालमा लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले खेलेको महत्वपूर्ण भूमिका स्मरण गर्दै नेपालले भनेका छन्,‘पछिल्लो समय अलोकतान्त्रिक तथा प्रतिगामी कदमका विरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यसक्रममा पत्रकारहरुमाथि भएको धरपकड अन्त्य गरी पूर्ण प्रेस स्वतन्त्रताको मूल्य मान्यता विपरितका कार्य बन्द गर्न आग्रह गर्दछु । प्रेस आफैं पनि मर्यादित हुन जरूरी छँदैछ तर त्यसलाई राज्य नियन्त्रित बनाउनुभन्दा पनि स्वनियमको माध्यमबाट सुधार गर्ने प्रशस्त ठाउँहरु रहेका छन् ।’

‘प्रेस स्वतन्त्रतालाई संविधानप्रदत्त अधिकारका रुपमा स्थापित गरेपछि नेपालमा सञ्चार माध्यमहरु खुल्ने क्रम जारी छ । अहिले कोभिड १९ का कारण सञ्चारमाध्यमहरु संकटमा छन् ।अतः सञ्चारजगत् र पत्रकारहरको रोजगारी सुरक्षाका निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग अनुरोध गर्दछु । अन्त्यमा, पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुमा विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्दै विधि-पद्दति र न्यायको पक्षमा दृढतापूर्वक उभिन सक्नुहोस् भनी शुभकामना व्यक्त गर्दछु’ नेता नेपालले भनेका छन् । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ