arrow

५ सय ५० पत्रकारलाई संक्रमणः सातको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
covid-test-positive-corona_1618150029.jpg

काठमाडौँ । कोभिड-१९ को संक्रमण ५ सय ५० पत्रकारलाई देखिएको छ ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सोमवार विज्ञप्ति निकाल्दै संक्रमणको  दोस्रो लहरसंगै संक्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए । 

संक्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंग माग गरेका छन् ।  

 विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । 

“कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”

यस्तै महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ