- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तेहरान। इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता सहिद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए।
“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन्।”
यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबिचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए।