arrow

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितलाई निको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
corona-india-oxygen.jpg
तस्वीर–भारतको गुजरातबाट ल्याइएको चार ट्यांकर अक्सिजन रेलमार्फत हरियाणा पुगेको छ ।

काठमाडौं । भारतमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । सोमबार एकैदिन ३ लाख १८ हजार ७ सय ६१ जनालाई निको भएको छ । यो अहिलेसम्मकै उच्च हो । 

आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको थियो । शनिबार ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६६ लाख ७०३ पुगेको छ । भारतमा कोरोना संक्रमित थपिने क्रममा पनि कमी आएको छ । एकैदिन ४ लाख १ हजार संक्रमित थपिएकामा त्यो संख्या घटेर सोमबार ३ लाख ५५ हजार ६८० पुगेको छ । आइतबार ३ लाख ६९ हजार ९४२ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा कुल संक्रमित २ करोड २ लाख ७५ हजार ५४३ पुगेका छन् । हाल ३४ लाख ४३ हजार ६८७ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै ३ हजार ४३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २२ हजार ३८३ रहेको छ । 

भारतमा अहिलेसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ