arrow

बंगालमा राजनीतिक दंगा, बीजेपी कार्यकर्तामाथि आक्रमण, नौ जना मारिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
bangal-political-attack.jpg

काठमाडौं । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूलले जितेपछि प्रमुख प्रतिपक्ष दल भारतीय जनता पार्टी (बीजेपी) का नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ । राजनीतिक हिंसाको शिलशिला शुरु भएसँगै कम्तीमा नौ जनाको मृत्यु भएको छ । 

बीजेपीका प्रदेश अध्यक्ष दिलीप घोषको दाबी अनुसार चुनावपछि शुरु भएको हिंसामा २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको छ । प्रदेशमा त्रासको स्थिति रहेको छ । 

घोषका अनुसार सत्ताधारी पार्टी हात बाँधेर बसेका छन् । पुलिसले कुनै मद्धत नगरेको बताइएको छ । बीजेपीका राष्ट्रिय प्रवक्ता संबित पात्राले खुशी मनाइरहेकाहरु एक घरमा घुसेर तोडफोड गरेको भिडियो सामाजिक संजालमा पोष्ट गरेका छन् । 

नतिजाको दिनमै कोलकातामा बीजेपीको कार्यालयमा आगो लगाइएको छ । 

सोमबार पार्टीका दुई कार्यकर्तालाई कुटी कुटी मारिएको छ । विपक्षी पार्टीका कार्यकर्तामाथि आक्रमण हुन थालेपछि गृह मन्त्रालयले बंगाल सरकारसँग रिपोर्ट मागेको छ । 

नर्थ २४ परगना जिल्लाको भाटपांडामा बीजेपीको कार्यालय र केही पसलमा पनि तोडफोड भएको छ । उक्त क्रममा बम पनि प्रहार भएको छ । कमसे कम १० बम विष्फोट भएको छ । 

बीजेपी नेता कैलाश विजयवर्गीयले बीजेपी कार्यकर्तामाथि ममता बनर्जीको आदेशमा भएको आरोप लगाएका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा मंगलबार बंगाल जाँदै छन् । 

बीजेपी कार्यकर्ताहरुले कोभिड प्रोटोकलमा रहेर देशैभर धर्ना दिने पनि बताइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ