arrow

चिनियाँ क्रिश्चियनहरुको लागि गोप्य रूपमा ब्रेन वास शिविरहरू सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
china-flag.jpg

बेइजिङ। चिनियाँ अधिकारीहरूले गोप्य रूपमा इसाईहरूलाई उनीहरूको विश्वास त्याग्न लगाउन ब्रेन वास क्याम्प सञ्चालन गरिरहेको खुलासा भएको छ। दक्षिण पश्चिमी प्रान्त सिचुआनमा एक क्रिश्चियन हाउस चर्चका एक सदस्य ली युवेले सो कुराको जानकारी गराएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले उनको चर्चमा हमला गरी १० महिनासम्म नजरबन्दमा राखी ब्रेन वास गरिएको रेडियो फ्री एसियाले जनाएको छ। सीसीपीले राजनीतिक र कानुनी मामिला समितिको कार्य समूह अन्तर्गत मुख्यतया ईसाहरूलाई लक्षित गरी चर्चहरूमा यस्तो गतिविधि गर्दै आएको जनाइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीले नास्तिक नीति अँगालेको छ र आफ्ना नागरिकहरूलाई कुनै पनि धार्मिक अभ्यासमाथि कडा नियन्त्रण राखेको छ।

सी जिनपिङ नेतृत्वमा रहेको सीसीपीले इसाई धर्मलाई खतरनाक विदेशी घुसपैठको रूपमा मान्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ