arrow

ममताले लिइन् तेस्रो कार्यकालको सपथ, छ महिनामै छोड्न पर्न सक्छ कुर्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
mamata-banerjee.jpg

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनजीृले तेस्रो कार्यकालका लागि सपथ लिएकी छिन् । बुधबार बिहान स्थानीय समयअनुसार १०ः५० बजे उनले सपथ लिएकी हुन् । उनलाई राज्यपाल जगदीप धनखन्डले सपथ दिलाए । 

सपथ पछि उनले ममतालाई सम्झाउँदै राज्यमा जारी हिंसा तुरुन्त बन्द गर्न आग्रह गरे । जवाफमा ममताले अहिलेसम्म राज्यको व्यवस्था चुनाव आयोगसँग रहेको र अब आफैंले व्यवस्था गर्ने बताइन् । 

ममताको पार्टी तृणमूल कांग्रेसले तेस्रो पटक पश्चिम बंगालको विधानसभा निर्वाचन जितेको छ । तेस्रो पटक नै ममता मुख्यमन्त्री बनेकी छिन् । यसअघि सन् २०११ को मे २० मा र २०१६ को २७ मे मा मुख्यमन्त्रीको सपथ लिएकी थिइन् । 

कांग्रेसले सन् १९५० देखि लगातार १७ वर्षसम्म शासन सम्हालेकमा त्यसपछि वामदल लेफ्टले सीपीएमको अगुवाइमा ३४ वर्ष राज गरेको थियो । 

ममताले छ महिनामै छाड्न पर्न सक्छ कुर्सी 
ममताले आफ्नो चुनाव भने हारेकी छिन् । उनले नन्दीग्राम सिटमा चुनाव हारेकी हुन् । ६६ वर्षे ममताले फेरि कुनै सीटमा चुनाव लड्न पर्ने हुन सक्छ । 

उनी विधानसभाकी विधायक नभइकन अहिले सपथ लिएकी छिन् । हारे पनि उनी मुख्यमन्त्री त बन्न सक्छिन् तर उनले ६ महिनाभित्र राज्यको कुनै विधानसभा सीटबाट चुनाव जित्नुपर्नेछ । 

यदि यस्तो हुन सकेन भने उनले पद छाड्नु पर्ने हुन्छ । 

भारतको संविधानको धारा १६४ (४) का अनुसार यदि कुनै व्यक्ति कुनै राज्यको मन्त्री पदको सपथ लिन्छ भने उसले ६ महिनाभित्र कुनै विधानसभा क्षेत्रबाट चुनिएर आउनु पर्ने हुन्छ । 

यदि राज्यमा विधान परिषद छ भने एमएलसीका रुपमा पनि चुनिन सकिने छ । मुख्यमन्त्री पनि एक मन्त्री भएकाले यो नियम उसलाई पनि लागू हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ