arrow

भारतमा एकैदिन तीन लाख ३१ हजार कोरोना संक्रमितलाई निको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-india-covid-centre.jpg
तस्वीर–भारतको जम्मुकश्मीरस्थित बुडगाममा सेनाले बनाएको २५० बेडको कोभिड–१९ सेन्टर ।

काठमाडौं । भारतमा बुधबार एकैदिन ३ लाख ३० हजार ५२५ जना कोरोना संक्रमितलाई निको भएको छ । यो संख्या मंगलबारको भन्दा ७ हजारले कम हो । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । मंगलबार एकैदिन ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो । 

सोमबार एकैदिन ३ लाख १८ हजार ७ सय ६१ जनालाई निको भएको थियो । आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको थियो । शनिबार ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७२ लाख ६९ हजार ७६ पुगेको छ । 

बुधबार कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी थपिएका छन् । बुधबार एकैदिन ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका छन् । 

योसँगै भारतमा कुल संक्रमित २ करोड १० लाख ७० हजार ८५२ पुगेका छन् । हाल ३५ लाख ६२ हजार ७१५ जना सक्रिय संक्रमित रहेका छन् । 

बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ९७९ जनाको ज्यान गएको छ । यो भारतको सबैभन्दा बढी हो । 

अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार १५१ रहेको छ । 

भारतमा अहिलेसम्म १६ करोड ४ लाख ९४ हजार १८८ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ