arrow

कोरोना भाइरसः भारतमा एकैदिन ४ लाख १२ हजार बढी संक्रमित थपिए, चार हजारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-india-rdt.jpg
तस्वीर–अमेरिकाले भारतलाई १० लाख आरडीटी, १९ लाख एन ९५ मास्क र ४५७ सिलिन्डर सहयोग गरेको छ ।

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर उच्च बिन्दूमा पुगेको छ । बुधबार एकैदिन अहिलेसम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको विश्वकै राष्ट्रहरुमा सबैभन्दा बढी हो । 

केही हप्तादेखि भारतमा ३ लाख ५० हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् । उक्त क्रममा बुधबार रेकर्ड नै तोडिएको हो । योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । 

हाल ३५ लाख ६२ हजार ७१५ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ९७९ जनाको ज्यान गएको छ । भारतमा यो संख्या अहिलेसम्मकै बढी हो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार १५१ रहेको छ । 

३ लाख ३० हजार ५२५ जना कोरोना संक्रमितलाई निको भएको छ । यो संख्या मंगलबारको भन्दा ७ हजारले कम हो । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । मंगलबार एकैदिन ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७२ लाख ६९ हजार ७६ पुगेको छ । 

भारतमा अहिलेसम्म १६ करोड ४ लाख ९४ हजार १८८ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । 

भारतमा दोस्रो लहर उच्च बिन्दूमा पुगेकामा अब तेस्रो लहर पनि आउन सक्ने आँकलन गर्न थालिसकिएको छ । बुधबारदेखि यसबारेमा बहससमेत हुन थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ