arrow

चीनले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएका जर्मन अनुसन्धानकर्तामाथिको मुद्दा सुनुवाइ हुँदै

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
german-researcher.jpg
तस्बिर : फाइल

सिन्जियांग। चीनले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाउने गरेका जर्मनका अनुसन्धानकर्ता विरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ। जर्मन अनुसन्धानकर्ताले सिन्जियांगमा रहेका अधिकारीहरूको मानहानि गरेको भन्दै दायर भएको मुद्दामा चीनको सिन्जियांग प्रान्तस्थित अदालतमा सुनुवाइ हुने भएको हो।

सिन्जियांगको सबैभन्दा ठुलो सहर काश्गारमा रहेको अदालतले मानहानिको मुद्दालाई गत अप्रिल २ मा दर्ता गरेको थियो। उक्त मुद्दा साँचे सियोंगिंग टेक्सटायल लिमिटेडले दर्ता गराएको सिन्जियांगको सरकारी सञ्चारमाध्यम टीएस डट् सीएनले जनाएको छ। 

चिनियाँ सरकारी सञ्चारमाध्यमले कम्पनीका प्रवक्तालाई उद्धृत गदै जर्मन अनुसन्धानकर्ता एड्रिन जेन्जको गलत अध्ययनका कारण कम्पनीलाई ठुलो आर्थिक क्षति भएको उल्लेख गरिएको छ। रिट निवेदकले अदालतसमक्ष जेन्जको अनुसन्धान रोक्न, क्षतिपूर्ति तिर्न र कम्पनीसमक्ष माफी माग्न आदेश दिन आग्रह गरेको साउथ चाइना मोर्निंग पोस्ट (एससीएमपी) ले जनाएको छ।

अमेरिकामा बस्दै आएको ती जर्मन अनुसन्धानकर्तालाई चीन प्रवेश गर्न वा त्यहाँको व्यापार व्यवसायमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ र अदालतले उनी विरुद्धमा फैसला सुनाएमा त्यस्तो आदेश कसरी लागू गर्न सकिन्छ भन्ने कुरा स्पष्ट छैन।

वासिङ्टन डिसीस्थित कम्युनिजम मेमोरियल फाउन्डेसनका पीडित चीन मामिलासम्बन्धी वरिष्ठ अध्येता जेन्जले सिन्जियांगमा कसरी हिरासत केन्द्रहरू बनाइएका थिए भन्ने अध्ययन पहिलो पटक सार्वजनिक गरेका थिए। उनले त्यहाँ स्याटलाइट तस्बिरहरूको सहायतामा लाखौँ उइगर हरुलाई त्यहाँ राखेको अनुसन्धान रिपोर्ट समेत सार्वजनिक गरेका थिए।

उइगर समुदायको जनसङ्ख्या घटाउन सिन्जियांगमा उइगर महिलाहरूमा जबरजस्ती बाझोपन गराउने गरेकोसमेत उनले खुलासा गरेका थिए। उक्त मुद्दा अनुसन्धानकर्ता विरुद्ध राज्यले दर्ता गराउन दबाब दिएकोसमेत आशङ्का गरिएको छ।

सिन्जियांगमा मुख्यतः उइगुर मुस्लिमहरूलाई सामूहिक हिरासत, जबरजस्ती नस बन्दी र जबरजस्ती श्रम गराउने गरिएको आरोप लाग्दै आएको छ। संयुक्त राज्य अमेरिकासहित केही पश्चिमी सरकारहरूले बेइजिङले सिन्जियांगमा नरसंहार गरिरहेको आरोप लगाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ