काठमाडौं । प्रेम गर्नुको अर्थ प्राप्ति मात्र होईन्, त्याग पनि हो भन्ने सन्देश बोकेको नयाँ गीत ‘प्रेमको अर्थ प्राप्ति होईन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सुरेश घिमिरेको शब्द र विष्णु तामाङको संगीतमा तयार भएको गीतमा राजेशपायल राईको स्वर छ । यो गीत ‘मिठो मुर्छना’ एल्बममा समावेश छ ।
भिडियोमा दिनेश खरेल र ममता धामीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने केशव घिमिरे र भानुलाई पनि भिडियो देख्न सकिन्छ । भिडियोमा प्रहरी सेवामा रहेका दिनेशलाई ममताले मनपराए पनि उनको दाजुले प्रहरीलाई बहिनी दिन नसक्ने भएपछि तोडिएको प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ ।
भिडियोमा उत्सव ढकालको छायांकन, दीपक विष्टको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एल्बमलाई भाईब्स क्रिएसनले बजारमा ल्याएको हो ।