arrow

अफगानिस्तानमा नीजि टेलिभिजन च्यानलका प्रमुखको हत्या

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
585967767.png
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेका नीजि टेलिभिजन च्यानलको एक संस्थाका प्रमुखको आइतबार राति हत्या भएको समाचार छ । उनलाई आइतबार राजधानी राजधानी काबुलबाट केही टाढ रहेको उनको निवास नजिकै गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरुको खबरमा बताइएको छ । अफगानिस्तानको नीजि टेलिभिजन च्यानल संस्था एसिया टेलिभिजन च्यानलका प्रमुखलाई आइतबार कार्ता इ नवा क्षेत्रमा हत्या गरिएको समाचार सोमबारका स्थानीय सञ्चारमाध्मयले जनाएका छन् । 
 
उक्त च्यानलका प्रबन्ध निर्देशक अमानुल्लाह आतीको आइतबार राति सो क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । सो हत्याको आधिकारिक जानकारी प्रहरीले दिएको छैन । सञ्चारमाध्यमहरुले उक्त हत्याको समाचारको पुष्टि टिभीले नगरेका बताएका छन् । अफगानिस्तानमा करिब तीन दर्जन नीजि टेलिभिजन संस्थाहरु सञ्चालित छन् । यसअघि पनि त्यहाँ अज्ञात बन्दुकधारीहरुले पत्रकारको हत्या गर्ने गरेका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ