काठमाडौं । नेपाल प्रहरी अस्पतालको प्रमुख तोक्नमा सरकारले ढिलाइ गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एआइजी डा सुमन सम्शेर जवराले गत साउन २८ गते नै अवकास पाइसकेका छन् ।
त्यसपछि सिनियर डीआइजी डा. दिनेश चन्द्र पोख्रेलले निमित्त मेडिकल डाइरेक्टरको भूमिका निभाइरहेका छन् ।
गृह मन्त्रालयमार्फत मन्त्री परिषद बैठकले मेडिकल डाइरेक्टर तोक्ने गर्छ । गृहकै ढिलाइले गर्दा अहिलेसम्म डा. पोख्रेलले निमित्तमै काम चलाइरहेका छन् ।
मेडिकल डाइरेक्टर दिन बित्तिकै एआइजीको जिम्मेवारी हुन्छ । यसरी निमित्त दिएर अल्झाइरहँदा कतै अन्य चलखेल त भएको छैन भनी शंका बढेको छ ।
पोख्रेलपछिको लाइनमा डीआइजी डा. दुर्गा पुन पनि छिन् । त्यस्तै अर्का डीआइजी अजित गुरुङ्ग पनि लाइनमै छन् । स्रोतका अनुसार डा. पुनका पति रमेश पुन नेपाली सेनाका मेजर जनरल हुन् ।
उनले पत्नीलाई मेडिकल डाइरेक्टर बनाउन दौडधुप गरेको बुझिएको छ ।
त्यस्तै डा. गुरुङ्ग पनि जुनियर डीआइजी भए पनि अहिल्यै नै प्रमख बन्न आकांक्षी देखिएको अस्पताल स्रोतले जनाएको छ ।