arrow

विनोद चौधरीको मृत्युको फैलियो अफवाह, चौधरीले दिए दशैको शुभकामना

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
binod-chaudhary-greetings.jpeg

काठमाडौं। नेपालका उद्योगपती विनोद चौधरीको मृत्यु भएको भन्दै एक अफवाह फैलाउने र भ्रमपूर्ण सामग्री प्रकाशन गर्ने साइटले सामग्री प्रकाशन गरेपछि त्यसको खण्डन गर्न स्वयं चौधरी नै आउनुपरेको छ। चौधरीले आफ्नो बारेमा फैलाइएको अफवाहको खण्डन नगरिकन दशै लगायतका आउन लागेका चाडहरुको शुभकामना दिएर त्यो भ्रमलाई चिर्ने प्रयास गरेका छन्। 

सो भ्रमपूर्ण सामग्रीमा चौधरीको ६१ बर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको उल्लेख गरिएको थियो। टेलिग्राफ भन्ने चर्चित पत्रिकासँग मिल्दोजुल्दो नामको वेभसाइटमा प्रकाशन भएको सो सामग्रीले नेपाली उद्योगी व्यवसायी सञ्चारमाध्यममा निकै शंसय पैदा गरेको थियो।
 
 
सो संसय र भ्रमलाई चिर्न चौधरीले सामाजिक सञ्जाल ट्विटरको सहायता लिएका थिए। 
 
चौधरीका पिए सञ्जय बस्नेतले पनि सो सामग्रीको खण्डन गर्दै सदा झै आफ्नो व्यस्त कार्यतालिकामा चौधरी कार्यरत रहेको बताएका थिए। नेपालमा रहेका चौधरीबारेकाे सो भ्रमपूर्ण सामग्रीमा वेलायतमा उपचारका क्रममा निधन भएको जनाइएको थियो। चौधरी भने हाल नेपालमा छन्।  चौधरी फोव्स पत्रिकाको अर्वपतीको सूचीमा सूचिकृत एक मात्र नेपाली हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ