arrow

गर या मरको खेल खेल्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
nepal-vietnam-dasharath-stadium.jpg

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

नेपाल आज भियतनामलाई हराउने योजनामा हुनेछ । तर भियतनामलाई हराउँन सहज हुनेछैन । भियतनाम पनि नेपाललाई दोस्रो खेलमासमेत हराउन चाहन्छ । भियतनाम नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ ।

दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ ।

यता नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले दोसो खेलमा पहिलो खेलमा गरेको गल्तीहरु सुधार गर्ने बताएका थिए ।

छनोटको समूह सी मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेको छ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो । 

समग्रमा शीर्ष स्थानमा टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छ । नेपाललाई शीर्ष स्थानमा रहन भियतनाममाथि कम्तीमा पाँच गोलको अन्तरले हराउनु पर्ने हुन्छ । 

नेपालका लागि पहिलो खेलमा साबित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले साफ जित्ने लक्ष्य बनाएर ओलम्पिकमा जान नसकिने बताएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ