arrow

ओलम्पिकअघि फुटबल स्टेडियममा आतंकवाद विरोधी अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
china-olympic.jpeg

काठमाडौँ । फ्रान्समा आगामी ओलम्पिक खेलकुदको तयारीका लागि लियोनमा आतंकवाद विरोधी अभ्यासमा झन्डै ४ सय जनाले भाग लिएका छन् । 

फ्रान्सेली अधिकारीहरूले आपत्कालीन अवस्थाहरूको लागि सुरक्षा र उद्धार बलहरू तयार गर्न र खेलहरूको लागि राज्य सेवाहरू बीचको समन्वयलाई बलियो बनाउन आतंकवाद विरोधी अभ्यास गरिएको हो । 

फुटबल रङ्गशालामा भएको अभ्यासमा प्रहरी, सेना र आकस्मिक सेवा परिचालन गरिएको थियो ।

लियोनमा यस रङ्गशालामा ११ फुटबल खेलहरू आयोजना हुनेछन् । पेरिस ओलम्पिक खेलहरू जुलाई २६ देखि अगस्ट ११ सम्म र प्यारालम्पिक खेलहरू अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ