एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड चलचित्र ‘ट्रिपल एक्स’ चाडै सार्वजनीक हुदैछ ।भारतिय सञ्चारमाध्यमका अनुसार दीपिकाले सो चलचित्रमा अभिनय गर्नु पुर्व अभिनेता विन डीजलसँग सर्त रखेकी थिइन् । दीपिकाले आफुले अभिनय गरेको पहिलो हलिउड चलचित्रको प्रीमियर भारत हुनु पर्ने माग गरेकी थिइन् । विन डीजल स्टारर चलचित्र ‘ट्रिपल एक्स- रिटर्न अफ जेन्डर केज’ दीपिकाको पहिलो हलिउड चलचित्र हो ।
विन डीजलले एक अन्तर्वार्ताको क्रममा सो चलचित्रको प्रीमियर भारतमा आउदो बर्ष गरिने बताएका छन् । चलचित्रमा हस्ताक्षर गर्नु पुर्व दीपिकाले भनेकी थिइन् ‘ यदि म यो चलचित्रमा अभिनय गर्छु भने तपाई मलाई एउटा वचन दिनुस्, चलचित्रको प्रीमियर इन्डियामा हुनेछ ।’ डीजलका अनुसार दीपिकाको सर्त मानिएको छ । उनले भने चलचित्रको प्रीमियर भारतमा हुनेछ ।
डीजे क्रूसो निर्देशित चलचित्र ‘ट्रिपल एक्स’ एक्शन सीरीजको थर्ड चलचित्र हो । चलचित्र जनवारी २० २०१७ मा रिलिज हुदैछ । चलचित्रमा दीपिका लगायत हलिउडका चर्चित कलाकारको अभिनय रहेको छ ।