arrow

नेताहरुको छानबिन भएकै छैन – अख्तियार

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
CIAA-nepal-new.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ ।
 
 प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका कारण महाअभियोग लगाइएको प्रचार गराएपछि आयोगले पहिलोपटक मुख खोल्दै नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो । 
 
अख्तियारले लोकमान पक्षधरले लगाएको आरोप कपोल्कल्पित हल्ला मात्र भएको पनि बताएको छ । 
 
महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त कार्की निकटस्थहरूले दलका नेतामाथि छानबिन थालेकै कारण उनीविरुद्ध महाअभियोग लगाइएको बताइरहेका बेला अख्तियार आफैंले यसलाई कपोल्कल्पित हल्ला भनेको छ । 
 
‘हामी लामो समयदेखि यही बसेर हेरिरहेका छौं, अहिलेसम्म भ्रष्टाचारको विषयमा कुनै पनि दलका नेतामाथि बोलाएर या सूक्ष्म रूपमा अनुसन्धान गरिएकै छैन,’ अख्तियारका एक आयुक्तले भने । 
 
ती आयुक्तका अनुसार भ्रष्टाचारजन्य कसुरमाथि छानबिन, अनुसन्धान तथा अभियोजन गर्ने संवैधानिक अंगकै बदनाम गर्ने गरी हचुवाको भरमा अनुसन्धानको हल्ला चलाइएपछि अख्तियारले सार्वजनिक रूपमै नेतामाथिको अनुसन्धान गरिएको हल्ला निराधार भएको सार्वजनिक गरिएको हो । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ