arrow

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
patan-adalat.jpg
तस्बिर-फाइल

काठमाडौँ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

आज उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न/नगराउन भनिएको छ । “निवदेकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवम् काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ”, भन्ने सूचनाले निवेदकले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको छ,” आदेशमा उल्लेख गरिएको छ । 

काठमाडौँ महानगरले यही मङ्सिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ् गरिएका, खैनी, गुट्खा, पानपराग जस्ता सुर्तीजन्य पदार्थको बिक्री विवरणमा रोक लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ