- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कैलाली । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् ।
नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।
राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन् ।
प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।
प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई मंगलबार छलफलका लागि बोलाइएको बताए । उनले व्यक्तिसँग छलफलपछिमात्र धम्कीको कारण थाहा हुने बताए।