arrow

नेपाल र आयरल्याण्डका ए टिमको पहिलो टी–२० खेल रद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
tu-rain-80-12-15.jpg

काठमाडौँ । वर्षाका कारण नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेल रद्ध भएको छ । लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि बिहीबारको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

कीर्तिपुर मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने तालिका रहेको थियो । नेपाल ए ले बिहीबार, शुक्रबार र आइतबार आयरल्याण्ड ए टिमसँग टी–२० श्रृंखला र चैत २१, २३ र २५ गते एक दिवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ